Home       Contact Us       Feedback
Last Updated: May 17, 2013
अनलाइन फाराम भरेर प्रिन्ट गर्नुहोस् । फाराम डाउनलोड गरी भरेर मात्र
प्रिन्ट गर्नुहोस् ।
राहदानी फारामको पछाडि पट्टी नागरिकता प्रमाणपत्रको जिल्ला प्रमाणिकरण पनि अनिवार्य प्रिन्ट गर्नुहोस् |

डाउनलोड गर्नुहोस् |
विवरण भरेपछि सिधै प्रिन्ट नगर्नुहोला । विवरण भरेपछि प्रिन्ट गर्दा ध्यान दिनुपर्ने कुरा

  • प्रिन्ट गर्दा paper size A4 हुनुपर्छ ।
  • page scaling मा "none" option हानेर मात्र प्रिन्ट गर्नुपर्छ ।




फाराम भर्ने तरिका प्रिन्ट गर्ने तरिका


(क) फारामको शिरमा राहदानीको लागि जुन कार्यालयमा निवेदन पेश गरिएको हो सो कार्यालयको नाम उल्लेख गर्नुपर्नेछ ।

(ख) राहदानी अङ्ग्रेजी भाषामा तयार गरिने हुनाले राहदानी माग गर्ने निवेदकले तोकिएबमोजिमको फाराम सकेसम्म टाइप गरी पेश गर्नु पर्नेछ । टाइप गर्न संभव नभएमा गाढा कालो मसिले बुझिने गरी फाराममा माग गरिएको सबै सूचना दिने गरी फाराम भर्नु पर्नेछ । फाराम भर्दा एक कोठा भित्र एक अक्षर मात्र पर्ने गरी सफा र शुद्धसँग अङ्गे्रजी ठूलो अक्षरमा भर्नुपर्नेछ । यदि स्पेस दिनु परेमा सो को लागि एक कोठा खाली छाड्नुपर्नेछ ।

(ग) निवेदकको नाम, थर तथा ठेगानालाई अङ्ग्रेजी भाषामा लेख्दा हिज्जे फरक पर्न सक्ने हुँदा पुरानो राहदानी भएमा सो अनुसार र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित हिज्जेलाई ध्यान दिनुपर्नेछ ।

(घ) राहदानीको निवेदन फाराममा १७ खण्डहरु रहेका छन् । ती खण्डहरुलाई निम्नानुसार क्रमैसँग भर्नुपर्नेछ । फाराममा ८ चिन्ह दिइएका खण्डहरु अनिवार्य रुपमा भर्नुपर्नेछ ।


(१) थर (Surname) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित थर लेख्नुपर्नेछ ।

(२) नाम (Given Name) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नामको पहिलो र बीचको नाम लेख्नु पर्नेछ । उदाहरणका लागिः


पुरा पढ्नुहोस्


1. Download the application form.

2. Open the application form using Adobe Acrobat.

3. If you don't have Adobe Acrobat installed on your PC please download and install it.

4. Once the form is open, Fill in your form and print.




पुरा पढ्नुहोस्



फारामको उदाहरण

ठिकसंग भरेको फारामको उदाहरण

Click Here
ठिकसंग नभरेको फारामको उदाहरण

Click Here